पर्वत, साउन-१७, पर्वतमा कुल खोप लक्षित उमेर समूहका ३३ प्रतिशतले कोरोना भाइरस विरुद्धको पहिलो डोजको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमका अनुसार जिल्लाका कुल लक्षित समूह मध्ये पहिलो डोज ३३ र दोस्रो डोज १० प्रतिशतले लगाएका हुन् ।
डा. गौतमका अनुसार १८ बर्ष उमेर समूहका ८२ हजार जनसंख्या पर्वतमा रहेको अनुमान गरिएको छ । त्यो मध्ये पहिलो डोज २६ हजार ९ सय २४ जनाले लगाएका छन् । भने दोस्रो डोज ८ हजार ७२ जनाले लगाएका छन् । कुल ३२ हजार ३ सय २१ डोज अहिलेसम्म खपत भएको कार्यालयले जनाएको छ । जिल्लामा कोभिसिल्ड, भेरोसिल्ड र जन्सन एन जन्सन कम्पनीका गरी ३ कम्पनीका खोप लगाइएको छ । खोप अभियान अन्तर्गत ५० बर्ष भन्दा माथि उमेर समूहका सवैलाई खोप आगामी १ साता भित्र पुरा हुने स्वास्थ्य कार्यालयको भनाई छ ।
जिल्लाको दक्षिणी क्षेत्र फलेवास, पैयू, विहादी र महाशिलामा भने यो उमेर समूहको लागि खोप लगाइ सकिएको कार्यालयले जनाएको छ । केहि छुट मानिसहरुलाई भने अर्को चरणमा समावेश गरिने डा. गौतमले जानकारी दिए ।
जिल्लाको उत्तरी क्षेत्र अन्तर्गत कुश्मा, जलजला र मोदी गाउँपालिकामा भने भोली देखि खोप सेवा सञ्चालन हुनेछ । यो अवधिमा ५० बर्ष देखि माथिल्लो उमेर समूहका मानिसलाई खोप लगाइनेछ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )