पर्वत, साउन-९, पर्वतको धाइरिंगका एक परिवारले पहिरो पीडितका लागि खाद्यान्न राहत उपलव्ध गराएको छ । जलजला गाउँपालिका वडा नं. ७ घाखेतका स्वर्गिय चन्द्र बहादुर केसिको स्मृतिमा परिवारले बाढी -पहिरो पीडितलाई राहत वितरण गरेको हो ।
धर्मपत्नी चन्द्र कुमारी क्षेत्री, छोरा आनन्द केसी, बुहारी पार्वती केसी, छोरी विष्णु केसी, कोपिला केसी, नातिनी देबी रेग्मी, नाती गणेश केसी र कमल आचार्यले पीडित परिवारका लागि खाद्यान्न उपलव्ध गराएका हुन् ।
निरन्तर वर्षापछिको पहिरोका कारण घरबास क्षति भएका एकसय परिवारको लागि दुई लाख रुपैया बराबरको राहत उपलव्ध गराईएको परिवारले जनाएको छ । प्रत्येक परिवारका लागि एक बोरा चामल, १ किलो दाल, १ किलो नुन र १ पोका तेल सहयोग गरेका वडा सदस्य पुर्ण बहादुर परियारले बताउनुभयो ।
वडा कार्यालयको समन्वयमा छोरी लक्ष्मी केसी र ज्वाई खेम बहादुर क्षेत्रीले पीडितलाई राहत वितरण गरेका थिए । आफ्नो जन्मगाउँमा भएका बाढी-पहिरो पीडितलाई सहयोग गर्नुपर्छ भनेर बुबाको स्मृतिमा राहत वितरण गरेको छोरी लक्ष्मी केसिले बताउनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )