काठमाडौँ, साउन-८, ३२औं गृष्मकालीन ओलम्पिकको जापानमा औपचारिक उद्घाटन गरिएको छ । कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सरेको विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको शुक्रबार जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच टोकियो २०२० को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
प्रतियोगितामा २ सय ७ देशका ११ हजार ३ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ओलम्पिकमा नेपालका पाँच खेलाडीले सहभागिता जनाउँदैछन्।
शुक्रबार भएको उद्घाटन समारोहमा पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्जान्डर ग्याडिगाड शाह नेपालको झण्डा बोकेका छन्।
उद्घाटनका तस्विर
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )