पोखरा, डाउन-८, कांग्रेस सांसद मेखलाल श्रेष्ठ शिक्षा मंत्री भएका छन् । स्याङ्जाका समानुपातिक सांसद श्रेष्ठ डियुटीमा खटिएका प्रहरीलाई ‘हिसाबकिताब हुन्छ’ भन्दै धम्क्याएका श्रेष्ठ निकै चर्चामा आएका थिए ।
श्रेष्ठ शुक्रबार शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री बनेका हुन् । नवनियुक्त मन्त्री श्रेष्ठ तिनै व्यक्ति हुन्, जसले आफ्ना पार्टीका नेतालाई निषेधित क्षेत्रमा छिर्न नदिँदा प्रहरीलाई ‘तपाईंको हिसाबकिताब हुन्छ’ भन्दै धम्की दिएका थिए ।
बहुमत पुग्दा पनि मुख्यमन्त्री नियुक्त नगरेको भन्दै २९ जेठमा तत्कालीन विपक्षी गठबन्धन प्रदेश प्रमुख निवासअघि धर्ना बसेको थियो । त्यो दिन प्रहरीले प्रदेश प्रमुख निवासवरपर प्रवेशमा कडाइ गरेको थियो । धर्नास्थल छिर्न खोज्दा प्रहरीले आफ्ना नेतालाई रोकेको भन्दै सांसद श्रेष्ठले इन्स्पेक्टर थापा मगरसँग भनाभनमा उत्रिएका उनले वडा प्रहरी कार्यालय बैदाम कास्कीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) श्याम थापामगरलाई धम्क्याएको भिडियो निकै भाइरल भएको थियो ।
स्याङ्जाका समानुपातिक सांसद श्रेष्ठ निकै उग्र स्वभावकारहेको र कांग्रेस उपसभापति गोपालमान श्रेष्ठनिकट सांसद रहेको बताइन्छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )