म्याग्दी , साउन-८, बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । कोरोना संक्रमणको जोखिम कायम रहेको अवस्थामा “वैकल्पिक सिकाइ / अनलाइन शिक्षाको प्रभावकारिता र चुनौती” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। स्वास्थ्य शुरक्षाको मापदण्ड पालना गर्दै विद्यालयको सभाहलमा कक्षा १० का विद्यार्थीहरुका अभिभावक-शिक्षक- संस्थापक हरुबिच कार्यक्रम भएको हो ।
कोरोना जोखिम कायमै रहेको अवस्थामा भौतिक उपस्थितिमा पठन-पाठन हुने अन्यौलका बिच विद्यालयले असार ६ गतेदेखि नै अनलाइन मार्फत पढाई संचालन गरिसकेको छ । शैशिक सत्रको एक महिना पूरा भएको अवस्थामा सिकाइलाई अझै प्रभावकारी बनाउन, विद्यार्थी-शिक्षक- अभिभावकको भुमिकाका बारेमा ब्यापक छलफल भएको बताइएको छ ।
अभिभावकहरुले कार्यक्रममा विद्यालयले सन्चालन गरेको अनलाइन कक्षाको प्रभावकारीतालाई अझै बढाउन गृहकार्य, परियोजना कार्यलाइ थप जोडदिनु पर्ने कुरा बताउनु भएको छ । अधिकांस अभिभावकहरुले बिधुत जाने, ईन्टरनेट अबरुद्ध हुने, पाठ्यपुस्तकको समस्या लगायतका बिसयमा बोल्नु भएको थियो ।
प्रीन्सिपल डिबि दाहालले कक्षा १० का १०५ जना विद्यार्थी मध्ये १०३ जना जोडिएका र अन्य कक्षामा पनि ८०% विद्यार्थी जोडिइसकेको र जोडिने क्रममा रहेको बताउनुभयो । वेष्ट पोइन्ट कलेजका भाइस प्रीन्सिपल कृष्ण जिसिले अनलाइन सिकाइको महत्व, आवश्यकता, र चुनौती बिषयमा बोल्नुभएको थियो । भाइस प्रीन्सिपल सरोज लकान्द्रीले अनलाइन कक्षामा शिक्षक र विद्यार्थीको गतिविधिका बारेमा र मावी तह संयोजक मनोज खड्काले विद्यार्थीको हाजिरी गृहकार्य र परियोजनाकार्यका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले छलफलका क्रममा उठेका सवालको जवाफ दिनुभएको थियो । फाउन्डेसनका सस्थापक निर्देशकहरु सुदर्शन कुमार श्रेस्ठ, सुवास कुमार श्रेष्ठ,शिवकुमार श्रेष्ठ, शिक्षक अभिभावक संघका सदस्यहरु तारा प्रसाद श्रेष्ठ, अर्बिन श्रेष्ठ, सल्लाहकार गणनाथ पौडेल लगाएतको उपस्थिती थियो । फाउन्डेसनका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता प्रीन्सिपल डिबि दाहालको स्वागतमा सम्पन्न कार्यक्रमको सन्चालन कृष्ण जिसिले गरेको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )