म्याग्दी, साउन- १६, म्याग्दीको बेनी नगरपालिकामा कोभिड बिरुद्धको खोपको विवरण विद्युतीय बनाउने नमुना परियोजना सुरु भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागको अगुवाई तथा संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) र बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आर्थिक तथा प्राबिधिक सहयोगमा सो अभियान सुरु गरिएको हो ।
अभियानले पहाडी जिल्लामा बसोबास गर्ने नागरिकलाई कोभिड बिरुद्धको खोपको सहज पहूँच पुरयाउन सहयोगी हुने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । गण्डकी प्रदेशमा नै बेनी नगरपालिकालाई अभियानका लागि छनौट गरेकोमा सबैलाई धन्यवाद समेत दिनुभयो ।
कार्यक्रमको परिचय उद्देश्य लगायतका बिषयमा बोल्दै स्वास्थ्य सेवा बिभाग व्यवस्थापन महाशाखा, एकिकृत स्वास्थ्य सूचना व्यवथापन शाखाका तथ्याङ्क अधिकृत दिवाकर सापकोटाले नविनतम प्रबिधिको प्रयोगले नगरवासीलाई निक्कै सहयोग पुग्ने बताउनुभयो ।
त्यसैगरी युएनडिपीका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले कोभिड बिरुद्धको खोपको अभियानलाई सार्थक र सफल बनाउन अभियान शुरु गरिएको जानकारी दिदै सात वटै प्रदेशका एक/एक पालिकामा यो अभियान शुरु भएको बताउनुभयो ।अर्यालले बिद्युतीय कार्यक्रम संचालन प्रक्रिया र नागरिकको सहज पहूँचका बारेमा जानकारी गराउंदै । लुम्विनीको बुटवल उपमहानगरपालिकामा यसअघि नै यो अभियान शुरु भईसकेको जानकारी गराउनुभयो ।
कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख संजु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, डब्लुएचओका डाक्टर रामु शर्मा, स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत बिजया पराजुली लगायतले कार्यक्रमको प्रभावकारिता तथा कार्यक्रम मार्फत कोभिड बिरुद्धको खोप संचालन गर्दा हुने सहजता तथा फाईदाका बारेमा आआफ्ना भनाई राख्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )