पोखरा, साउन-१६, प्रेस चौतारी कास्कीले पत्रकार महासंघ कास्कीमा ताला बन्दि गरेको छ । कास्कीका क्रियाशिल पत्रकार रञ्जन अधिकारीलाई समाचार लेखेको विषयलाई लिएर धम्की आएको घटनामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी कास्कीले महासंघको भवनमा तालाबन्दी गरेको हो ।
पत्रकारहरुको छाता संगठन नै पत्रकारको अभिभावकत्व लिन असफल भएको भन्दै चौतारीले शनिबार तालाबन्दी गरेको हो । अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले अधिकारीलाई तीन दिनसम्म फोन मार्फत् तनाव दिने, फेसबुक म्यासेन्जर र एसएमएसमार्फत् धम्की दिने, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की लगाउने कार्य भएकोमा प्रेस चौतारी कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको र यसमा पत्रकारहरुको संगठनले केही नबोलेको भन्दै तालाबन्दी गरिएको प्रेस चौतारीले जनाएको छ ।
साथै, यस्तो निन्दनिय कार्यमा संलग्न व्यक्ति श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका गैह्रपत्रकार सफल सुवेदीलाई कारबाहीको दायरामा नल्याउदासम्म तालाबन्दी नखोलिने प्रेस चौतारीले जनाएको छ । जबसम्म पत्रकारको न्याय, हकहितका लागि महासंघले काम गरेको अनुभूति हुँदैन तबसम्म ताला नखोलिने प्रेस चौतारी कास्कीका संयोजक अर्जुन गिरीले बताए ।
यस्तै, पोखरा न्यूजमा पत्रकार गणेश बरालले लेखेको समाचारलाई समेत गैह्रपत्रकार लगाएर सोहि पक्षबाट खण्डन गराउने हर्कत भएकोमा पनि प्रेस चौतारी कास्कीले आपत्ति जनाएको छ । पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले महासंघले पत्रकारको अभिभावकत्व ग्रहण गर्दै आएको र अहिले पनि गरिरहेको बताइन् । अनलाइन पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष कमल सुवेदीले दोषी जो कोहीलाई पनि कानुनको दायरामा ल्याएर कारबाही गर्नुुपर्ने बताए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )