पर्वत, साउन-१६, नयाँ शैक्षिक सत्र शुरु भएको झण्डै डेढ महिना पुगिसकेको छ । कोरोनाका कारण भौतिक उपस्काथितिमा विद्यालय सञ्चालन गर्ने विषय अन्यौलमा पर्दै गएको छ । सङ्क्रमणको दर बढ्दै जाँदा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न समस्या भइरहेका बेला पर्वतका स्थानीय तहहरुले वैकल्पिक विधिबाट पठनपाठन गराउन थालेका छन् ।
पर्वत सदरमुकाम कुश्मा र आसपासका क्षेत्रमा गएको असार १५ गतेदेखिनै निजी तथा सामुदायिक विद्यालयले वैकल्पिक कक्षा सञ्चालन गरेका थिए तर ग्रामीण भेगमा रहेका स्थानीय तहमा भने अन्यौल रहेको छ ।
यसैबीचमा जलजला गाउँपालिकामा वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्नेबारेमा छलफल भइरहेको छ । कोभिड सङ्क्रमण घट्दै गएमा भौतिक उपस्थितिमै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्ने र सङ्क्रमण बढ्दै गएमा उपयुक्त वैकल्पिक विधि अपनाएर पठनपाठन सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अभिभावकले विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारीसँग छलफल भइरहेको छ ।
जलजला गाउँपालिका–९ बनौमा रहेको बनौ माविमा भने भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिएको छ । वडामा सङ्क्रमणको दर न्यून रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिएको विद्यालयका प्रअ चक्रबहादुर पुनले जानकारी दिनुभयो । त्यसैगरी जलजला-८, स्थित शिव मावि फर्सेले बैकिल्पिक सिकाइको रुपमा आलोपालो गरि विद्यार्थीलाई भौतिक रुपमै विद्यालयमा बोलाउन सुचना समेत जारी गरेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )