बागलुङ, साउन-१४, बागलुङ्गमा रोकिएको खोप कार्यक्रम पुन शुरु हुने भएको छ । कसलाई लगाउने भन्ने यकिन मापदण्ड नबनेको भन्दै केही दिन रोकिएको खोप कार्यक्रम शुक्रबारदेखि संचालन हुने भएको हो ।
अहिले ५० बर्ष काटेका नागरिक, कर्मचारी र विदेश जाने तयारी गरेका नागरिकलाई खोप लगाउन प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएकोले सोहि निर्अदेशन नुसारनै खोप कार्यक्रम शुक्रबारदेखि सुरु हुने बागलुङ नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक डिल्ली आचार्यले जानाकारी दिनुभयो ।
यसअघि शिक्षकहरुका लागि खोप लगाउने क्रममा बजारका व्यापारी, राजनीतिक दलका कार्यकर्ता र पहुँचवालाका परिवारका सदस्य समेत पुगेको टिप्पणी र तोकिएको मापदण्ड अनुसार खोप लगाउने नआएको भन्दै हल्ला चलेका कारणले खोप कार्यक्रम स्थगित गरिएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )