पर्वत, साउन-११, सोमबार गण्डकीका ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीमा सबैभन्दा बढी कास्कीमा १४७ जना पुरुष तथा १५७ जना महिला गरी ३०४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
१ हजार ३६५ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ७१० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका ३०४ सहित म्याग्दीका ६ जना, पर्वतका ४३ जना, गाेरखाका १९ जना, लमजुङका २७ जना, तनहुँका ७९ जना, बाग्लुङका ३५ जना, स्याङ्जाका ६० जना र नवलपुरका १३७ जना गरी प्रदेशका ९ जिल्लामा ३४७ पुरुष तथा ३६३ जना महिलामा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी, गण्डकीमा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ६२ पुगेको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )