बागलुङ, साउन-११, बागलुङको नारायणस्थानमा एक चितुवा नियन्त्रणमा आएको छ । बाग्लुंग नगरपालिका–१४ नारायणस्थानका स्थानीयले चितुवा नियन्त्रणमा लिएका हुन् । कृषकले पालेका कुखुरा, बाख्रा लगायतका घरपालुवा पंक्षी र जनावरलाई आक्रमण गर्न थालेपछि फलामको पासो निर्माण गरेर चितुवालाई नियन्त्रणमा लिइएको हो ।
स्थानीय भक्तबहादुर सुनुवारले चितुवा नियन्त्रणमा लिनको लागी फलामको पासो निर्माण गर्नु भएको हो । आईतवार राती घरको आगन छेउमा रहेको कुखुराको खोरसँगै राखिएको पासोमा कुखुरा खान पसेको चितुवा थुनिएको हो ।
फलामको बाकसमा तार जाली लगाएर बनाईएको पासोमा चितुवा फसेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । बयस्क चितुवा निकै चलाख देखिएकाले प्रबिधि बिना व्यवस्थापन कठिन रहेको डिभिजन बन अधिकृत मुकुन्द प्रसाद अधिकारीले बताउनु भएको छ ।
नियन्त्रणमा लिइएको चितुवालाई ब्यनास्थापन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहालाई पत्रचार गरेको उहाँले बताउनुभएको छ । नियन्त्रणमा लिईएको चितुवालाई जंगलमा छोड्नुपर्ने भएकाले पासोबाट निकालेर अर्को खोरमा राख्न समस्या भएको हो । भोली मात्रै टोलि आउने भएकोले चितुवालाई ब्यबस्थापन गर्न समय लाग्ने भएको छ । अहिले नारायणस्थानमा चितुवा हेर्नेको भीड लागेको छ । भिडले गर्दा बयस्क चितुवा थप आक्रामक देखिएको बताईएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )