म्याग्दी, साउन-९, म्याग्दीको धौलागिरि गाउँपालिकाको गुर्जा खोला थुनिएको छ । गुर्जाको खास्ठाका भन्ने ठाउँमा पहिरो खसेर खोला थुनिएको र तलाउ बनेको बताइएको छ।
तलाउ एकै चोटी फुटेर बगेमा तटीय क्षेत्रमा नोक्सान पुर्याउन सक्ने गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभएको छ । खोलाको दुवै तिर अग्ला पहाड भएको र पहिरो जादा खोला थुनिएर तलाउ बनेको उहाँले बताउनु भयो । पहिरो गएको ठाउमा पुग्ने बाटो नभएको र खेतालाले टाढै बाट देखेर खबर गरेका हुन् अध्यक्ष छन्त्यालले बताउनुभयो ।
अहिले तलाउ भरिएर माथिबाट (ओभर फ्लो भएर) बग्न थालेको उहाँले बताउनुभएको छ। तर जोखिम अझै रहेकोले मालिका मंगला र बेनी नगरपालिकाका नदि किनारका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ । गुर्जा खोला म्याग्दी नदीको सहायक खोला हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )