पर्वत, साउन- ७, कुश्माको द क्लिफ्फको रिसोर्टमा हाइ स्टेसन रोप निर्माण भएको छ । एसियाकै नमूना झलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सन्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बाग्लुङको बलेवामा हाइ रोप स्टेसनको निर्माण गरेको हो ।
कम्पनीका अध्यक्ष राजु कार्कीका अनुसार स्टिल केवलको सहायतामा हार्नेस लगाएर भिरमा हनि हन्टिङ गर्ने शैलीमा हाइ रोप स्टेसन चढ्ने हो । त्यसैगरी बन्जीका लागि बनाइएको नमुना पुलमा राँको शैलीको सोलार बत्ती राखिएको छ । ५ सय २५ मिटर लामो पुलमा वारपार राखिएको सोलार बत्तीले रातको समयमा थप आकर्षण दिने कार्की बताउनुभयो ।
साथै रिसोर्टमा जमिनबाट ५ मिटर अग्लो भगवान पाइलाको निर्माण भइरहेको र त्यहाँ गएर पर्यटकले आसपासका दृश्यावलोकन गर्न सकिने छ । पाइला पनि नदीबाट २ सय ५० मिटरको उचाईमा रहने बताइएको छ। शुरक्पाषाको लागी पाइलाको तल सेफ्टीनेट राखेर सुरक्षा सावधानी अपनाइने बताइएको छ।
गतिविधिले पर्यटकलाई उचाईको डरसँग सामना गर्न सगाउने बताउँदै भोलिका दिनमा पनि अन्य सहासिक गतिविधि थप्दै लैजाने योजना रहेको कार्कीले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )