सीमिकोट, साउन-७, हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका वडा नम्बर ३ लामाखोल्सी गाउँ दलविहीन गाउँ बनेको छ । मंगलबार गाउँका सबै स्थानीयको सामूहिक भेलाले कुनै पनि व्यक्ति कुनै पनि दलमा नलाग्ने घोषणा गरेपछी ३१ घरधुरी भएको लामाखोल्सी अबदेखि दलविहीन गाउँ बनेको हो ।
पछिल्लो समय प्रतिनिधिसभा र विभिन्न प्रदेशसभाका सांसद सबै व्यक्तिगत स्वार्थमा लागे । हामीलाई निर्वाचनमा दिएका आश्वासन कुनै पनि पूरा गरेनन्, दल र नेताको व्यक्तिगत स्वार्थमा गाउँमा किन विवाद बढाउने भनेर हामीले गाउँलाई दलविहीन बनाउँदै स्वतन्त्र बन्ने निर्णयमा पुगेका हौँ ।’ कांग्रेसबाट निर्वाचित नाम्खा गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य तञ्जन लामाले भने ।
एमाले, कांग्रेस र माओवादी केन्द्रका तर्फबाट वडामा निर्वाचित वडा सदस्य, तीनवटै पार्टीका पालिका र वडा स्तरका जिम्मेवार व्यक्ति बसेर वडालाई दलविहीन घोषणा गरेको एमाले नाम्खा गाउँपालिका सदस्य पेमारिक्जाङ लामाले बताए ।
गाउँको संयुक्त बैठकमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित तञ्जन लामा, एमालेबाट निर्वाचित नाम्खा गाउँकार्यपालिका सदस्य लैकु लामाले पनि दल त्यागेर स्वतन्त्र बनेको घोषणा गरेका छन् । गाउँलेको घोषणासँगै खोल्सी हुम्लाकै पहिलो दलविहीन गाउँ बनेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )