ब्रिसबेन, जुलाई-२२, अष्ट्रेलियाको ब्रिसबेनस्थित नेपालबाट गएका एक जोडीको झोलामा शंकास्पद वस्तु फेला पारिएपछि उनीहरुलाई सीमा सुरक्षाबलले प्रवेश गर्नमा रोक लगाएको छ ।
अवैध खाद्य वस्तुलगायतका सामान पत्ता लगाउने प्रशिक्षण प्राप्त कुकुर ती जोडीका अगाडि आएर रोकिएपछि सुरक्षाकर्मीहरुले उनीहरुलाई लगेजबारे विभिन्न प्रश्न गर्दै झोला जाँच गर्न थालेको भिडियो सार्वजनिक भएको छ ।
जाँचका क्रममा उनीहरुले देशमा भित्र्याउन नपाइने किसिमका थुप्रै खाद्य वस्तुहरु फेला पारेपछि सो जोडीको ‘ह्यान्ड ब्याग’ मात्र नभइ सबै लगेज खोलेर हेरिएको छ ।
त्यसपछि ब्याग खोजतलास गर्दा उनीहरुले अष्ट्रेलियामा अत्यन्तै जोखिमयुक्त मानिने खाद्यवस्तु जस्तै स्याउ, ओखर, नरिवललगायत भाइमसालाको प्याकेट फेला पारेका हुन् जसबारे ती जोडीले आफ्नो कार्डमा कुनै जानकारी गराएका छैनन् । त्यसरी निषेध गरिएका वस्तुहरु भित्र्याउनु अगाडि आफ्नो ट्राभल कार्डमा सबै सामानबारे उल्लेख गर्नुपर्ने नियम हुन्छ ।
अन्य मुलुकहरुबाट ताजा फलफुल या तरकारी ल्याउँदा त्यसबाट रोग सर्न सक्ने अनि अष्ट्रेलियामा नभएका किटाणु, संक्रमणहरु भित्रिने र साथै देशको जैविक वातावरणका लागि पनि हानिकारक हुने हुँदा त्यस्ता सामान लैजान निषेध गरिएको छ ।
यसरी सुरक्षाकर्मीहरुले बिना पूर्वजानकारी लापरबाहीपूर्ण निषेधित वस्तुहरु भित्र्याउन खोजेकामा उनीहरुप्रति निराशा जनाएको देख्न सकिन्छ । यसपछि उनीहरुले तिनलाई ४२० अष्ट्रेलियन डलरको जरिबाना तिर्न लगाएका छन् । यसरी उच्च जोखिमयुक्त खानेकुराहरु नष्ट पारिसकेपछि र नियमपूर्वक उचित कारबाहीपछि मात्र उनीहरुलाई प्रवेश गर्न दिइएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )