पर्वत, साउन-६, बुधबार गण्डकीका ३६३ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार १ हजार ३० जनामा गरिएको नमुना परीक्षणमा ३६३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
जस अन्तर्गत कास्कीका ११२ जना, तनहुँका ३८ जना, गोरखाका १३ जना, लमजुङका २१ जना, नवलपुरका ७८ जना र स्याङ्गजाका ४६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी पर्वतका ३४ जना, बागलुङका तीन जना र म्याग्दी जिल्लाका १८ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
बुधबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना र कास्की पोखरा महानगरपालिकाका दुई जना छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )