बाग्लुंग, साउन-५, बाग्लुङ्गमा विषाक्त रक्सि पिउँदा ४ जनाको ज्यान गएको छ । हिजो साँझ बिषाक्त मदिरा सेवन गरेका ६ जनामध्ये ४ जनाको आज बिहान मृत्यु भएको हो । उपचारको क्रममा रहेका बाँकी दुई जनाको समेत बागलुङमा उपचार हुन नसकेपछि गण्डकी अस्पताल पोखरा पठाईएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताउनु भएको छ । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो। ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुन गम्भीर बिरामी भएका छन।अस्पतालका अनुसार उनीहरुको मृगौला र मुटुमा समस्या छ । बिरामीले निरन्तर बान्ता गरिरहेका छन् । उनीहरुको अबस्था गम्भिर छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
मृतक चारै जनाई अस्पतालको शव गृहमा राखिएको र रोल्पामा रहेको परिवारलाई खवर भैसकेको कार्कीले बताउनुभयो । उनीहरुले सोमबार साँझ स्थानीय पसलबाट मदिरा, दालमोठ, चाउचाउ लगायत किनेर खाएका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )