काठमाण्डौ, साउन-४, राष्ट्रिय परिक्षा बोर्डले रोकिएको कक्षा १२ को परीक्षा साउन महिनामै गर्ने तयारी गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन चौथो हप्तातिर हुने भएको छ । बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएसँगै बोर्ड परीक्षाको तयारीमा लागेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बोर्डको बैठक बसेर परीक्षा केन्द्र, मिति तोकिने र परीक्षा तालिका सार्वजनिक गर्ने तयारी थालेको बताउनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )