पर्वत, साउन-४,
पछिल्लो २४ घण्टामा गण्डकीमा ४१७ जना संक्रमित थपिएका छन् प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जारी गरेको बिज्ञप्ति अनुसार एको छ । १ हजार १२७ जनाको नमुना परीक्षण गरिएकोमा ४१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कास्कीका १९७ सहित मनाङका १ जना, पर्वतका ३९ जना, गाेरखाका ४९ जना, लमजुङका १५ जना, तनहुँका २४ जना, बाग्लुङका ७ जना, स्याङ्जाका ३० जना र नवलपुरका ५५ जना गरी प्रदेशका ९ जिल्लामा २१३ पुरुष तथा २०४ जना महिलामा कोरोना पुष्टि भएको हो ।
गण्डकीमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३१ पुगेको छ।
त्यसैगरी गण्डकी प्रदेशका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । मृतकहरु मध्ये ३ जनाकाे पाेखराका र २ जनाकाे चितवनका अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएको हाे । १ जनाकाे मनाङमा हाेमआइसाेलेसनमा मृत्यु भएकाे हाे ।
मृत्यु हुनेहरुमा मनाङ जिल्लाका १ जना, कास्की जिल्लाका १ जना, स्याङ्जा जिल्लाका १ जना, बाग्लुङ जिल्लाका १ जना र नवलपुर जिल्लाका २ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )