पर्वत, साउन-१ पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका संक्रमित भएका हुन् ।
रुघाकोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । बालबालिका धमाधम संक्रमित भएकाले यो नयाँ भेरियण्ट हुनसक्ने आशंका गरिएको छ । पर्वतमा संक्रमणको यो घटना तेस्रो लहरको संकेतका रुपमा व्याख्या गरेपनि भेरियण्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो ।
चुवामा मात्रै अहिले बालबालिकासहित विभिन्न उमेरका ४२ जना सक्रिय संक्रमित रहेका छन् । हाल पर्वतमा सक्रिय संक्रमितको सङ्ख्या २०० रहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )