पर्वत,असार–२९, ६ दिन देखि अबरुद्द मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मा–बागलुङ सडकखण्ड मंगलबार साँझदेखि एकतर्फी रूपमा सुचारु भएको छ । पहिरोमा रहेका ठुला ढुंगा बिष्फोटपछि हटाउने काम भएकाले एकतर्फी रुपमा सडक सुचारु भएको हो ।
ठुला ठुला ढुंगाहरू विस्फोटक पदार्थले फुटाएर ब्रेकर हान्न सकिने तथा डोजरले पेल्न सकिने बनाएपछि मंगलबार दिनभर पहिरो हटाउने काम गरेकाले एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिबराज बुढाथोकीले जानकारी दिनुभयो ।
जिल्लाको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटको नयाँ पुलमा गत असार २४ गते सडकमाथिबाट आएको पहिरोका कारण बाटो अवरुद्ध अवस्थामा थियो । पहिरो हटाउन लामा कन्स्ट्रक्सनले ब्रेकर हानेर ढुङ्गा फुटाउन प्रयास गरेपनि असफल भएपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट नेपाली सेनालाई त्यसको जिम्मा दिने निर्णय भएको थियो ।
कुश्मा–बागलुङ सडक अवरुद्ध भएपछि अर्मादी–बगैँचाचोक–पाङ–सहस्रधारा जोडिने साँघुरो र कच्ची ग्रामीण सडक प्रयोग गर्दै साना सवारी साधन चलेका थिए थिए तर ठुला मालवाहक सवारीहरू भने बागलुङ, म्याग्दी र पर्वत मै रोकिएका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )