पर्वत, असार-२९, केहिदिन कम देखिएको कोरोना संक्रमण दर फेरी बढ्न थालेको छ । पछिल्लो २४ घंटामा गण्डकीमा ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १३१ जनामा गरिएको नमुना परीक्षणमा ३४४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका १४९ जना, तनहुँका ४३ जना, गोरखाका ३० जना, लमजुङका २० जना, नवलपुरका १९ जना र स्याङ्गजाका १२ जना रहेका छन् ।
यस्तै, पर्वतका १७ जना, बागलुङका ५१ जना र म्याग्दी जिल्लाका तीन जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५९ हजार ७८५ पुगेको छ । मंगलबार पनि गण्डकीमा थप छ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टी हुनेमा नवलपुरका एक जना, तनहुँका एक जना, बाग्लुङका एक जना, म्याग्दीका एक जना, लमजुङका एक जना र स्याङ्गजा जिल्लाका एक जना छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )