म्याग्दी, असार-२७, नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै जिल्लामा नेतृत्वका लागि चर्चा हुन थालेको छ । म्याग्दीमा जिल्ला सभापतिका लागि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । महाधिवेशनमा हालका जिल्ला सभापति खमबहादुर (खमविर) गर्बुजा दोस्रो कार्यकालका लागि दाबी गर्दैछन् । काँग्रेसका पूर्व सभापति रेशम बहादुर बानियाँ, नेत्रबहादुर महत, माधव रेग्मी, सचिव मिनबहादुर कार्की र जिल्ला सदस्य केबी भण्डारी पनि सभापतिका आकांक्षी देखिएका छन् । यीमध्ये गर्बुजा नै अहिलेसम्मका बलिया दाबेदार हुन् ।
उनी म्याग्दी काँग्रेसको सभापति बनेपछि पार्टीको संगठन मजबुत बन्दै गएको कार्यकर्ताहरुको बुझाइ छ । उनी देउवा समूहका हुन् ।
अर्का आकांक्षी रेशमबहादुर बाँनिया म्याग्दी काँग्रेसको पूर्व सभापति हुन् । उनी पनि म्याग्दीमा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनी पौडेल पक्षका नेता मानिन्छन् । त्यसैगरी पूर्वसभापति नेत्रबहादुर महत देउवा समूहमा छन् । माधव रेग्मी र मिनबहादुर कार्की कुन समूहमा लाग्ने भन्ने खुलेको छैन । अर्का आकांक्षी केबी भण्डारी शेखर कोइराला निकटका नेता मानिन्छन् । उनी यसअघि जिल्ला सदस्य बनेका थिए ।
अघिल्लो अधिवेशनमा गण्डकीका ११ जिल्लामा देउवा र पौडेल पक्षबीच जिल्ला नेतृत्वका लागि कडा टक्कर भएको थियो । दुवै पक्षले समानजस्तै उपलब्धि हासिल गरेका थिए । रातोपाटीको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )