पर्वत, असार-२६, वर्षाका कारण आएको बाढी र पहिरोका कारण खानेपानी आपूर्ति बन्द भएपछि पर्वतको कुश्मा नगरपालिका करिव १५ सय घरपरिवार आकासे पानीको भर परेका छन । नगरको वडा नं. ४, ५, ६ र ७ का झन्डै एक हजार ६ सय घरपरिवार चार दिनदेखि आकाशे पानीको भरमा रहेका हुन् ।
गएको मङ्गलवार राति वर्षासँगै आएको बाढीले कुश्मा नगरपालिका ८ चुवाको दोविल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि बजारमा खानेपानीको समस्या भएको हो ।
शिवालय खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानी परिरहेका कारण पाइप मर्मतका लागि समेत जान नसकिएको बताएको छ । संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले पानी परिरहेका कारण र खानेपानी बन्द भएकै ठाउँमा पहिरो लच्किरहेका कारण मर्मत गर्न कठिनाइ भएको बताउनुभयो ।
पर्वतको कुश्मा नगरपालिकामा पानि अआपुर्ती हुने दुइ ठाउँमा मोदी गाउँपालिका ३ देउराली र कुश्मा नगरपालिकाकै क्यादी खोलामा बाढी र पहिरोले समस्या भएको संस्थाका प्रबन्धक राजेन्द्र रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार कुश्मा नगरका एक हजार पाँच सय ६० परिवारका झन्डै २३ हजार जना अहिले खानेपानीको समस्यामा रहेका छन् ।
अहिले धारामा पानी नआएपछि र निरन्तर पानी परिरहेको समयमा बजारबासीले बलेनीमा पानी सङ्कलन गरी प्रयोग गर्दै आएका छन् । बलेनीको पानी खानका लागि उपयोगी नभए पनि अन्य प्रयोजनका लागि सङ्कलन गर्ने र खानेपानीका लागि घण्टौँ समय खर्चेर जाने गरेका छन् । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले खानेपानीको आपूर्ति सहज नभएकै कारण अस्पताल, कारागार लगायतका ठाउँमा समस्या भइरहेको बताउनुभयो । सम्बन्धित संस्थालाई अनुरोध गरिएको र आवश्यक जनशक्ति चाहिएमा सुरक्षाकर्मीको प्रबन्धसमेत गर्ने गरी खानेपानी आपूर्तिका लागि तत्काल लाग्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )