पर्वत, असर-१९, युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) ले बिपि स्मृति भवनलाई नगद सहयोग गर्नु भएको छ । नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बिपि स्मृति भवनलाई ब्यक्तिगत पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गर्नुभएको हो । नेपाली काँग्रेसको पार्टी कार्यालय रहनेगरी निर्माण गरिएको उक्त भवनलाई मल्लले यसअघि उक्त रकम प्रदान गर्ने घोषणा गरेकोमा सो रकम हस्तान्तरण गर्नुभएको हो ।
मल्लले नेपाली कांग्रेस पर्वतको शुक्रबार पार्टीको बैठकमा भवन निर्माण समितिका संयोजक एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । यसअघि जलजला गाउँपालिकाको तर्फबाट मल्लकै सक्रियतामा २० लाख रुपैयाँ बिपि स्मृति भवनका लागि बिनियोजन भई सहयोग प्राप्त भएको थियो ।
मल्लले यस अघि जलजला गाउँपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणमा व्यक्तिगत सहयोग गर्नुको साथै जिल्लाका सम्पूर्ण स्थानीय तहमा व्यक्तिगत खर्चमा सामाग्री उपलब्ध उपलब्ध गराउनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )