पर्बत, असार-१९, पर्वत कांग्रेसले पुर्ब प्रधानमन्त्री एबम् नेपाली कांग्रेसका पुर्ब सभापति स्वर्गिय गिरिजाप्रसाद कोईरालाको ९८ औ जन्मदिन मनाएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा भएको कार्यक्रमा कोईरालाको राजनीतिक बिचार र उहाँको योगदानका बारेमा चर्चा परिचर्चा भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् पुर्बसांसद अर्जुनप्रसाद जोशीले कोईराला युग पुरुष रहेको बताउँदै कोईरालाको आदर्श अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । जोशीले दशवर्षे युद्धलाई शान्तीमा रुपान्तरण गर्न र देशलाई अप्ठयारो अवस्थाबाट पार लगाउन गिरीजाबाबुले भूमिका खेलेको स्मरण गर्नुभयो ।
गिरीजा प्रसाद कोईराला निडर, साहसी, लोकतन्त्रप्रति संधै आस्थावन भएका कारण माओबादी शान्ती प्रक्रियामा आएको र राजा फालेर देशमा गणतन्त्र आएको जोशीले बताउनुभयो । नेता जोशीले पार्टीलाई एक ढिक्का बनाउन आफु संधै प्रतिबद्ध रहने र यसका लागि जुनसुकै त्याग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
त्यसैगरी कार्यक्रमा जिल्ला सभापती खिमप्रसाद भुसालले स्वर्गीय गिरिजाप्रसाद कोईरालाले नेपाली राजनीतिमा खेलेको भूमीका स्मरणीय रहेको बताउनुभयो । उहाँले पर्वतमा पार्टी कार्यालय बनेर भौतिक रुपमा बलियो भएको र अव भावनामा पनि मजवुत बन्ने बताउनुभयो ।कार्यक्रममा पूर्व सभापति एवं पूर्व साँसद लालकाजी गुरुङ, जिल्ला कोषाध्यक्ष यामबहादुर मल्ल, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने, सचिव अशोक उचै ठकुरी लगायत, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरु र सुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )