पोखरा, असार-१७, कास्कीमा गुडिरहेको एम्बुलेन्स पहिरोमा परेको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनु भएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत निर्माणाधीन सडकमा खहरे खोलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेको हो लेदो बगेपछि चालकले भने भागेर ज्यान जोगाएका छन् । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ। एम्बुलेन्समा लैजादै गरेका बिरामीको घटनास्थलमै मृत्यु भएको र घाइते चालक अधिकारीलाई थप उपचारका लागि पोखरा पुर्याइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )