तनहु, असार-१६, तनहुमा कृतिम हिमाल र मुक्तिनाथ निर्माण गरिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा रहेको हिमालको जस्तो झल्को दिने गरी कृत्रिम हिमाल निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको रु २० लाख आर्थिक सहयोग र स्थानीय तहको १० प्रतिशत लागतमा संरचना निर्माण गरिएको हो ।
मुक्तिनाथको जस्तै कृत्रिम हिमाल १०८ धारा र धारामाथि माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्णलगायतका हिमालको आकृति कुँदेर रमणीय स्थल निर्माण गरिएको हो कृत्रिम हिमशृङ्खला र १०८ धारा निर्माण पछि ‘‘मिनी मुक्तिनाथ’’ उपनामले परिचित बन्दै गएको मुक्तिनाथ–शुक्लागण्डकी च्यवनधामका अध्यक्ष सुमेन्द्र लालचन बताउनुभयो ।
विसं २०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले अधिग्रहण गरी २३ रोपनी जमीनमा बस्ती बसाउन खोजेपछि स्थानीय बासिन्दाको सक्रियतामा धाम निर्माण गरिएको हो । सार्वजनिक जमीनको संरक्षण गरी पर्यटकीयस्थलको पूर्वाधार निर्माण गर्न सबै क्षेत्रबाट सहयोग मिलेको धामका सचिव दुर्गादत्त सापकोटाले जानाकारी दिनुभएको छ ।
सेती नदीको किनारमा तपोभूमि क्षेत्र भएकाले धार्मिक तीर्थस्थल बनाउने उद्देश्यअनुरूप पूर्वाधार निर्माणको लागि खर्च जुटाउन तीन वर्षअघि महायज्ञ गरी रु एक करोड ५० लाख सङ्कलन गरिएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )