पर्वत, असार-६, विघटित प्रतिनिधि सभाका सदस्य तथा नेकपा एमाले पर्वत जिल्ला अध्यक्ष पदम पदम गिरीले बाढी पहिरो ग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको छ । जलजला गाउँपालिका वडा न ४ लामाखेत, लुङ्दि देविथान, खोलाखेत र वडा न ७ धाइरिङ धारापानि, किराखोर, बासकाेट लगायतका स्थानहरुको स्थलगत अवलोकन गर्नुभएको हो ।
जलजला गाउँपालिका ७ धाइरिङमा अबिरल बर्षातका कारण गएको पहिरोले धेरै क्षति भएको छ ।अविरल वर्षाका कारण गएको पहिरोले बिस्थापित भएका ५२ परिवारलाई सांसद गिरी सहितको टोलीले तत्कालका लागी राहत स्वरुप खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेको हो ।
सांसद गिरीले तत्कालका लागी केहि राहत सामाग्री सहयोग गरेको र पहिरोका कारण बिस्थापितका लागी शुरक्षित स्थानमा घर बनाउने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ । वाढिपहिराेकाे क्षतिकाे अबलाेकन तथा सहानुभूतिका लागी सांसद गिरि सहित मेघनाथ सुवेदी, लाल बहादुर अधिकारी, युवा संघ जिल्ला अध्यक्ष थमनारायण पाैडेल ,युवा संघ केन्दिय सदस्य अर्जुन पाैडेल, जलजला अध्यक्ष दिलिप बरुवाल र राष्ट्रिय युवा संघ जलजला “क्विक रेस्क्यु फोर्स” काे टोलि समेत पुगेको जलजलाबाट कृष्ण पौडेलले बताउनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )