बिश्वबिख्यात शासक अलेक्जेण्डर द ग्रेट(सिकन्दर महान)ले बिस बर्षको उमेरमा शासन सत्ताको बागडोर आफ्ना पिता फिलिप तृतियबाट सम्हालेका थिए। त्यसबेलाको ग्रिक राज्य सामाजिक आर्थिक शैक्षिक सभ्यताको दृष्ट्रिकोणबाट अग्रणी राज्य थियो।एरिस्टोटलका शिष्य रहेका अलेक्जेण्डरमा शुरविर शासक बन्ने सदिक्षा बाहेक अमर बन्ने अभिलाषा पनि थियो। पूर्वीय साहित्य दर्शन गुरुकुल शिक्षा गुरु ऋषि सन्त योगी तपस्वीको बारेमा अलेक्जेंडर द ग्रेटले थुप्रै चर्चा सुनेका थिए।
बिश्व बिजय यात्राको क्रममा उनी भारतिय महाद्वीप प्रवेश गरिरहदा उनले त्यो समयका चर्चित सन्त गुरू भेट्ने सदिक्षा राखी शिपाहीहरुलाई सन्त गुरु पहिचान गरि आफु सामु भेटाउन निर्देशन दिए। सिपाहीहरु सन्तको खोजिमा लागि परे।सन्त भेटिए।सिपाहीहरुले राजाले बोलाहट भएकोले राजा सामु जान सन्तलाई आग्रह गरे।जबाफमा सन्तले राजासङग आफुले माग्ने बिषयबस्तु केहि नभएको राजालाई भेट्नुपर्ने आफु सङग कुनै काम भए राजा आफै कुटी आएर भेट्न सक्ने अभिब्यक्ति दिए। सामान्य कुटीमा बस्ने जोगीको बचनलाई सिपाहीले राजाको अपमानको रुपमा लिए।बिश्वबिजयको यात्रामा निस्केका सिपाहीमा अहङकार पनि थियो।सेना प्रमुखले तत्काल तरवार झिकेर र सन्तलाई सिध्याउन अघि बढ्यो।सन्त निर्भिक पुर्बक अडिग रहे। भौतिक शरिर केहि होईन आत्मा अजर अमर अविनाशी हुन्छ भन्ने बोध भएका सन्त सिपाही सामु रत्तीभर झुकेनन्। सन्तको ब्यबहारले सेना प्रमुखकको तरवार लिएको हात काँप्यो र तरवार भुईमा झर्यो।
बिगतमा तरबार ताक्दा जीबन बचाउन कि त भाग्थे कि त शरण लिन पुग्थे तर सन्तको असामान्य ब्यबहारले अद्धभुत सन्त रहेको ठम्याई सिपाहीहरु दरबार फर्के। सिपाहीहरुले घटनाबारे राजा अलेक्जेंडर द ग्रेटलाइ सविस्तार बताए।राजामा सन्त भेट्ने तिब्र इच्छा जाग्यो। केहि सिपाही सहित घोडा चढेर राजा सन्त भेट्न निस्के। कुटी नजिक घोडा रोके।घोडाबाट ओर्ले। राजाले ढोका ढकढकाए। सन्त बाहिर निस्केर राजालाई नचिनेको सरह ब्यबहार गरे। सन्तलाई राजामा अहङकार चुलिएको थाहा थियो किनकी उनि सन्सार बिजयको यात्रामा थिए। सन्तले नचिने जस्तो ब्यबहार गरेपछि राजा क्रोधित बनी आफु अलेक्जेंडर द ग्रेट भएको जानाकारी सन्तलाई दिए।सन्तले आफुले राजालाई हेर्दा कायर भिखारी जस्तो देखेको अनुभुति राजालाई बोध गरे। राजालाई चोट पर्यो।सन्तलाई प्रमाणित गर्न राजाले चुनौति दिए। सन्त दृष्टान्त उदाहरण सहित राजालाई -“मानौ युद्ध गर्दै जाने क्रममा तपाई मरुभूमि पुग्नुभयो।तपाईका सबै सेनाहरु तितरबितर भए।तपाई एक्लै मरुभूमिमा पानी सम्म नपिई भौतारिएको सात दिन भैसक्यो।अचानक सन्त भेटिए जस्को कमाण्डलु भरि पानी थियो।
अब भन्नोस् तपाई के गर्नुहुन्छ?”राजाले जीबन महत्वपूर्ण भएकोले कमाण्डलुभरी पानीको लागि आफु आधा राज्य दिन तैयार हुने कुरा सन्त सामु राखे। सन्तले थपे-पुरै राज्य मागे भने नि?राजाले भने-पाखुरा छ यस्तो राज्य त फेरी पनि जितौला नि पहिला प्राण रक्षा त गर्नु पर्यो नि।सन्त आकासतिर हेर्दै हाँस्दै भन्छन्-“महाराज उत्तर त हजुरको मुखारबिन्दबाट आयो।”तपाईको सङघर्षले आर्जेको राज्य एक कमाण्डलु पानी बराबर जो म सङग पनि छ भन्ने तर्क राख्दा सन्त सामु राजा नतमस्तक भए। महान अभिलाषा राखेर युद्ध मैदानमा लडिरहेका रहेका अलेक्जेंडरलाई सन्तको उदाहरण सहितको दृष्टान्तले जीबनमा थुप्रै काम गर्न बाँकी रहेको भन्ने कुराको बोध भयो।बोक्रामा आफु महान सम्राट देखिए पनि गूदीमा भने कायर भिखारी रहेको कुरा राजाले स्विकारे। तिस बर्षको उमेरमा थुप्रै राज्यहरु जितेर साम्राज्य खडा गरिसकेका अलेक्जेंडरले आफ्नो मृत्यू पछि दाहसस्कार गर्न लाने क्रममा आफ्ना दुबै हात बाहिर देखिने गरि राख्न सदिक्षा रहेको कुरा सेना प्रमुखलाई बताएका थिए।उनी अलेक्जेंडर महानले मर्नु अघि केहि पनि लगेन, रित्तो हात गयो भनेर दुनियालाई देखाउन चाहान्थे।तिस बर्षकै उमेरमा यूद्दको मैदानमा नै अलेक्जेंडरको मृत्यु भयो।उनको सदिक्षा अनुसार अन्तिम दाहसस्कार पनि गरियो।
पद प्रतिष्ठा धन दौलत बिषय ज्ञान चिरस्थायी हुन्छ यस्को प्राप्ति र सङकलनका लागि मानिसको जन्म भएको हो भन्ने भ्रममा अधिकाम्स मानिस रुमल्लिएका छन्। क्रोध लोभ, मोह, इष्या, द्देष, रागकै सेरोफेरोमा अधिकाम्स मानिसको दिनचर्या बित्छ।आफै सङग अथाह शक्ति सामर्थ्य क्षमता रहदा रहदै पनि अन्तरयात्रा तय गरि बोध गर्नुको साटो मानिस अर्काको उन्नति प्रगतिको डाहले जल्छ। शारिरिक मानशिक रुपमा सबै मानिस पृथक हुदाहुदै पनि प्रतिस्पर्धा सम्झेर भिड्न अग्रसर हुन्छ। प्रकृतिले मानव जातिलाई अपार सम्भाबना सहितको ब्रम्हाण्ड उपहार दिदा पनि मानिस गरिबीको अनुभुति गर्छ। अन्तरनिहित प्रोग्रामिङ गर्ने क्षमता सवल गर्न तिर मानिस अग्रसर हुदैन।भौतिक सुखको लागि भौतिक बस्तु पद प्रतिष्ठा धन दौलत आबश्यक पर्छ तर यो साधन मात्र हो भन्ने चेतना धेरै कम मानिसमा छ।भौतिक सुख समृद्धि प्राप्त गरिसकेका निरपेक्ष गरिवीको रेखा माथि उठिसकेका मानिसहरु मानशिक रुपमा अझ अशान्त देखिन्छन्।कम बिकशित भन्दा अति बिकशित देशमा मानशिक रोगी डिप्रेशनका रोगीको सङख्या अधिक देखिन्छ।योग ध्यान ज्ञान प्राणायम सात्विक आहार सकारात्मक सोच मानवसेवा सत्कर्मको माध्यमबाट शारिरिक र मानशिक रूपमा स्वस्थ्य रहदै अपार खुसी चैतन्य प्राप्त गर्ने दिशामा समयमा नै अन्तरयात्रा तय गर्न सके मानव जीबन बोध पहिचान हुनेछ र चिरस्थायी अद्दैत वास्तविक खुसानुभुति हुनेछ।
नारायण प्रसाद रेग्मी, सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनका सहायक क्याम्पस प्रमुख हुनुहुन्छ
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )