जलजला, असार-३, जलजला गाउँपालिकामा एकीकृत वस्ती बिकास कार्याक्रमको लागि रु ४ करोड रुपैया बिनियोजन भएको छ । जलजला गाउँपालिकाले एकीकृत वस्ती बिकास कार्याक्रमको लागि सरकार शहरी बिकास मन्त्रालयमा रकम उपलब्ध गराइदिन अनुरोध गरेको थियो । पालिकाको माग अनुसार नेपाल सरकारका मुख्य सचिव शंखरदार बैरागिको पहमा सो रकम बिनियोजन भएको हो ।
शहरी बिकास मन्त्रालयबाट जलजला गाउँपालिका वडा नं २, ३, ४ मा एकीकृत वस्ती बिकास कार्यक्रमको लागि रु ४ करोड बिनियोजन भएको हो । नेपाल सरकारका मुख्य सचिव संकरदास बैरागी साविक को माझफाटमा जन्मनु भै नेपाल सरकारको उच्च पदमा कार्यरत हुनुहुन्छ । आफ्नो क्षेत्रको बिकास निर्माणको लागी मुख्य सचिव बैरागीले सधै पहल गरिरहनु भएको छ । यसपटकको एकीकृत वस्ती बिकास कार्याक्रमको लागि कार्यक्रमको लागि पहल गरिदिनु भएकोमा गाउँपालिका बासीले खुसि ब्यक्त गर्नुका साथै आभार समेत प्रकट गरेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )