पर्वत, जेठ-२५, जलजलाको मल्लाज कोटघर-लेकफाट-नागी सडकको डीपीआर भएको छ । “एक सासंद एक रणनीतिक सडक” अन्तर्गत पर्वत जिल्लाका सांसद पदम गिरीले मल्लाज स्वास्थ्य- चाैकी देखि काेटघर-लेखफाँट-कुवापानी-फलामेडाँडा- डाँडाकटेरी-बनबडे हुदैँ नागी सडक छनोट गरेका हुन् ।
संसदले जिल्लाभरमा एक सडक रोज्न पाउछन सोहि अनुसार सांसद गिरीले रोजेको यस सडक, ५० करोडको रानीतिक सडकको डिपिआरकाे काम आज फलामेडाँडामा सम्पन्न भएको हो । म्याग्दीको बेनी देखि माझफाँट -लेकफाट- फलामेडाँडा नागी हुदै मोहरेडाँडा र घोरेपानी पुग्ने यो पुरानो पर्यटकीय पैदल मार्ग पनि हो ।
यस क्षेत्रको “इको-टुरिजमको” मेरुदण्डको रुपमा लीइने यो सडकको स्तरोन्नती भएको खण्डमा दुइ जिल्ला “पर्वत र म्याग्दीको उत्तरी भेगको बिकासले फड्को मार्ने पक्का छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )