पोखरा, असार-१२, पोखरा महानगरपालिकाले १३ गते आइतबारदेखि सबै सेवा सुचारु गर्ने भएको छ । कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञासँगै अत्यावश्यकबाहेक सेवा बन्द थिए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले शुक्रबार सूचना जारी गर्दै असार १३ गते आइतबारदेखि महानगरको नगर कार्यपालिकाको कार्यालय, महाशाखा/शाखाहरु र सबै वडा कार्यालयहरु सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्डहरु पूर्ण पालना गरी सेवा सुचारु गर्न अनुरोध गरेका छन् ।
जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा असार ६ देखि केही खुकुलो गरिएकाले आइतबारबाट सबै सेवा सुचारु गर्ने निर्णय भएको महानगरले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )