पर्वत, असार-९, पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा बुधबार सम्पन्न दशौँ गाउँ सभाले आगामी आर्थिक वर्ष ७८ /७९ को लागी पैचालीस करोड पन्ध्र लाख पचास हजार रुपैयाको बजेट पारित गरेको छ ।
गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) को अध्यक्षतामा सम्पन्न भएको गाउँ सभामा उपाध्यक्ष सिमा गर्बुजा पुनले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम र बजेट पारित भएको हो । चालु तर्फ ८ करोड, पुजीगत तर्फ १५ करोड २३ लाख ५० हजार र संघिय सरकारबाट सरकारवाट प्राप्त ससर्त अनदुान २१ करोड ९२ लाख रुपैया बजेट बिनियोजन गरेको उपाध्यक्ष पुनले बताउनु भयो ।
सडक तथा पुल सिचाई भवन तथा सहरी बिकास उर्जा लघु तथा साना जलाबिध्युत संचार, सामाजिक संरक्षण गर्नुपर्ने बर्गका मजदुहरुलाई संरक्षण गर्ने, कृषि पर्यटन, उद्योगह तथा बाणिज्य, सहकारी वित्तीय क्षेत्रको विकास शिक्षा स्वास्थ्य खानेपानी तथा सरसफाई संस्कृति प्रबर्धन लैंगिक समानता तथा सामाजिक समावेशीकरण बन तथा बाताबरण विपद ब्यबस्थापन सुशानलाई आगामी बर्षको बजेटमा प्राथमिकता दिइएको अध्यक्ष मल्ल बताउनु भएको छ ।
नीति तथा कार्यक्रम र बजेटको पूर्ण पाठ
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )