पर्वत, असार-८,जलजला गाउँपालिकाले बर्खायाममा पनि नदीजन्य पदार्थ उत्खनन र निकासीका लागि ठेक्का लगाउन् गरेको निर्णय हाललाई स्थगन गरेको छ । दुइदिन पहिला लामाखेतस्थित गाउँपालिकाको कार्यालयमा अध्यक्ष यामबहादुर मल्लको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कालीगण्डकी नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय गरेको थियो ।
पछिल्लोपटक जारी भएको कार्यविधि अनुसार पालिका भित्रको आठवटा बगरमा सूचना जारी गरेर बोलकबोल गर्ने फार्मलाई आर्थिक ऐन, २०७७ मा भएको व्यवस्थाअनुसार भदौ १५ गतेसम्मका लागि बालुवा निकाल्न ठेक्कामा लगाउने निर्णय गरेको थियो । अध्यक्ष अध्यक्ष मल्लले विकास आयोजनाका लागि आवश्यक कच्चा पदार्थको सहज आपूर्ति गराउने, आन्तरिक आयस्रोत बढाउने र चोरी निकासी रोकिने बताउनु भएको छ । कालीगण्डकीले बगाएर ल्याउने बालुवालाई चेकड्याम बनाएर निकाल्ने र बगेर खेरजाने बालुवा गाउँपालिकाको आन्तरिक आयस्रोतमा रूपान्तरण गराउन सबैको सहयोग आवश्यक रहेको बताउनु भएको थियो ।
बर्षायाममा काली गण्डकीको बालुवा निकाल्दा नदीले धार परिवर्तन गर्ने र नदि कटान हुने भन्दै दोहन नगर्न न्हुने भन्दै बिरोध भएको थियो । गाउँपालिकाले निर्णय भएको भएको दुइ दिन पछी आज एक सुचना जारी गर्दै हाललाई सो निर्णय स्थगन गरिएको जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )