म्याग्दी, असार-३, बुधबार साँझदेखि केहि घटेको कालिगण्डकीको बहाव बिहिवार साँझ एक्कासी बढेको छ । बुधबार तराति देखि बर्षा रोकिए पनि म्याग्दीको भुरुंग तातोपानी भन्दा माथिको भेगमा अविरल बर्षा भैरहेको छ ।
केहि कम भएको नदीको बहाव एक्कासी बढे पछी जिल्ला प्रहरी कार्यालय म्याग्दीले भर्खरै एक सूचना जारि गर्दै म्याग्दीको बेनी बजार आसपासमा बर्षा रोकिए पनि भुरूङतातोपानी देखी माथी अविरल बर्षा भईरहेको र कालिगण्डकी नदिको बहाव हिजो अस्ती भन्दा पनि बढेर आएकोले कालीगण्डकी नदि किनारमा पानी बसेको भनेर दाउरा निकाल्न वा माछा छोप्ने कार्यको लागी नजानुहुन अनुरोध गरेको छ । साथै नदिआसपासमा बसोबास गर्ने सर्वसाधारण मानिसहरू लाई सतर्क तथा सजग रहनु हुन अनुरोध गरेको छ ।
२८ गते देखि शुरु भएको वर्षाले देशव्यापी रुपमा बितण्डा मच्चेको छ भने म्याग्दीमा पनि जिल्लाका छ वाटो पालिकामा असर पुर्याएको छ बिहिबार भने एअर्ष केहि कम भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )