पर्वत, जेठ-२९, क्वीक रेस्क्यु फोर्स जलजला गाउँपालिका पर्वतले म्याग्दीमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीलाई शनिबार स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग सहयोग गरेको हो । क्वीक रेस्क्यु फोर्स जलजला गाउँपालिका पर्वतले प्रेस चौतारी म्याग्दी शाखामा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरुका लागी १० प्याकेट मास्क र ५ लिटर स्यानीटाइजर प्रदान गरेको हो ।
क्वीक रेस्क्यु फोर्स जलजलाका संयोजक दिलिप बरुवाल सहितको टोलीले रुप्से सञ्चार सहकारी संस्थाका शेयर सदस्य चन्द्रप्रकाश बराईलीको उपस्थितिमा प्रेस चौतारी म्याग्दीका संयोजक प्रताप बानियाँलाई उक्त सामग्रीहरु सहयोग गरेको जनाएको छ ।
कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएर रिपोर्टिङ गर्ने पत्रकार तथा सञ्चारकर्मीलाई सानो भए पनि सहयोग पुगोस् भनेर स्वास्थ्य सामग्री सहयोग गरिएको संयोजक बरुवालले बताए । क्वीक रेस्क्यु फोर्समार्फत सहयोग प्राप्त उक्त स्वास्थ्य सुरक्षा सामग्रीहरु प्रेस चौतारीमा आबद्ध भई विभिन्न सञ्चारमाध्यममा क्रियाशील सञ्चारकर्मी र पत्रकारलाई वितरण गरिने प्रेस चौतारीले बताएको छ ।
यसअघि क्वीक रेस्क्यु फोर्सले पर्वतको जलजला–८, नाङ्लीबाङका शारिरीक रुपमा अशक्त कर्णबहादुर थापालाई उनकै घरमा पुगेर ह्वीलचियर तथा नगद सहयोगगर्विनुको साथै फुड बैंक स्थापना गरेर कोरोनाको समय र यस अस्वथामा जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका लाइ सहयोग गर्दै आइरहेको छ अहिले सम्म जलजलाका ६६ जनालाई दाल चामल लगायतका सामाग्री सहयोग गरिसकेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )