पर्वत, जेठ-२९, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई आजै सपथ खुवाउने तयारी भएको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजै नै मुख्य मंत्री सहित अन्य चार जना मन्त्रीलाई सपथ खुवाउने तयारी गरेको बताइएको छ ।
मुख्यमन्त्री नेपालीलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ। प्रदेश प्रमुख पौडेलबाट सपथ लिए लगत्तै मुख्यमन्त्री नेपालीले आजै चार जना मन्त्री नियुक्त गर्ने तयारी गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताएका छन् ।
आज नै नियुक्त हुन् लागेका मंत्रीहरुमा कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन्। उनीहरूलाई पनि आजै सपथ खुवाउने तयारी भएको छ।
मन्त्रालयको जिम्मेवारी टुङ्गो नलागेकाले तत्कालका लागि चारै जनालाई बिना विभागीय मन्त्री बनाउने सहमति भएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )