पर्वत, जेठ-२८ कोरोना महामारीका कारण एक वर्षपछि सरेको १६औं संस्करणको युरोकप आजदेखि सुरु हुँदैछ । २४ राष्ट्रको सहभागी रहेको युरोकप विभिन्न ११ देशमा हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेल इटली र टर्कीबीच हुँदैछ । इटली ११ आयोजक मध्ये एक हो र समूह ए मा रहेका यी दुई टिमबीचको खेल रोमस्थित ओलम्पिया स्टेडियममा हुँदैछ ।
यस पटक लन्डन, बाकु, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम, सेन्ट पिटस्बर्ग, बुखारेस्ट, म्युनिख र आम्स्ट्रडममा युरोकपका खेलहरू सञ्चालन हुँदैछ। युरोकपमा कोभिड– १९ का कारण रंगशालामा सीमित दर्शकले मात्र खेल हेर्न पाउनेछन्।
खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । इटली एक पटकको च्याम्पियन टिम हो भने टर्कीको उत्कृष्ट नतिजा सहित सेमिफाइनलसम्म पुग्नु हो ।
इटलीले पछिल्लो १० भेटमा टर्कीसँग हार बेहोरेको छैन । टर्की यसअघिको चार युरोकपको पहिलो खेलमै पराजित भएको थियो । जसमा २००० मा इटलीसँगको हार पनि थियो । इटली सन् २०१८ सेप्टेम्बर यता २७ खेलमा अपराजित छ । इटली १०औं र टर्की पाँचौ पटक युरोकप खेल्दैछ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )