पर्वत, जेठ-२०, पछिल्लो २४ घण्टामा गण्डकीमा ९०६ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।पछिल्लो २४ घण्टामा प्रदेशमा २ हजार ३११ जनाको नमुना परीक्षण गरिएकोमा थप ९०६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको हो ।
संक्रमित मध्ये कास्कीका ३०३ सहित म्याग्दीका ४७ जना, स्याङ्जाका ९३ जना, बाग्लुङका ७३ जना, पर्वतका ३९ जना, तनहुँका ७० जना, गोरखाका ९८ जना, लमजुङका ८२ जना, मनाङका १५ जना, मुस्ताङका १ जना र नवलपुरका ८५ जना गरी प्रदेशका ११ जिल्लामा ४७५ पुरुष तथा ४३१ जना महिलामा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १०५३ जना कोरोना मुक्त भएका छन् । यो सँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ३४ हजार ३०४ पुगेको छ । गण्डकीमा आज थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ७२३ पुगेको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )