पर्वत, जेठ-१२, बुधबार पर्वतका ६५ जना सहित गण्डकीमा थप १ हजार ७९ जनामा कोरोना पुष्टि भएको छ। आज पुष्टि भएका संक्रमित प्रदेशका ११ जिल्लाका छन् । जसअनुसार कास्कीका ३७० जना, तनहुँका १६६ जना, गोरखाका २१८ जना, लमजुङका ३६ जना, नवलपुरका ११८ जना र स्याङ्गजाका ५० जना छन् ।
यस्तै पर्वतका ६५ जना, बाग्लुङका ११ जना, म्याग्दीका ३६ जना, मुस्ताङका आठ जना र मनाङ जिल्लाका एक जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २ हजार २२३ जनामा गरिएको नमुना परीक्षणमा १ हजार ७९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
बुधबार पनि गण्डकीमा सात जनाको मृत्यु पुष्टि भएको छ । अन्य दिनको तुलनामा गण्डकीमा पनि संक्रमित र मृत्युदर कम हुदै गएको छ ।आज मृत्यु पुष्टि हुनेमा कास्कीका चार जना, लमजुङका एक जना र स्याङ्गजाका दुई जना छन्।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )