पर्वत, जेठ,-११, जलजला गाउँपालिकामा स्वास्थ्य सामाग्री भित्रिएको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लको पहलमा गाउँपालिकामा अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्री भित्रिएको हो । गाउँपालिकाका अध्यक्ष मल्लले सरकारी निकाय तथा अन्य संघ संस्थासंग समन्वय गरेर गाउँपालिकाले सञ्चालन गरेको आइसोलसन अस्पतालका लागि नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीसंग अनुरोध गरेर गाउँपालिकामा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु भित्र्याउनु भएको हो ।
स्वास्थ्य सामाग्रीहरु मध्ये कोभिड विरामीको उपचारमा सवैभन्दा धेरै समस्या पर्दै आएको अक्सिजन सिलिण्डर १० वटा र अक्सिजन कन्डेण्टर २ थान, वेड १४ थान, पिपिइ सेट २ सय वटा, एननाइटि फ्याम माक्स ५ सय वटा, अक्सीमिटर तथा सुगर जाँच मेसिनहरु ५ सय थान बढि ग्लोभ्स, माक्स चश्मा तथा फेस सिल र गाउन समेत प्राप्त भएको छ । उपलब्ध सामाग्री गाउँपालिकाका २ वटा आइसोलेसन सेन्टरमा प्रयोग उहाँले बताउनु भयो ।
अक्सिजनको अभावमा कोहि विरामी पनि अकालमा ज्यान गुमाउनु पर्ने अवस्था नआओस भनेर आफूले यी सामाग्रीहरुको ब्यवस्थपन गरेको मल्लको भनाई छ । पर्वत सेवा समाज लगाएतका अन्तराष्ट्रिय संस्थाहरु तथा अन्य सामाजिक ब्यक्तित्वहरुले समेत गाउँपालिकालाई आवश्यक स्वास्थ्य सामाग्री र नगद रकम समेत सहयोग गर्दै आइरहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
गत बर्ष पनि मल्लले ब्यक्तिगत खर्चमा स्वास्थ्य सामाग्रीहरु वितरण, २ लाख रुपैयाँ गाउँपालिकाको कोभिड कोषमा रकम जम्मा गर्नु भएका अध्यक्ष मल्लले यस बर्ष पनि १ लाख रुपैया कोभिड उपचार कोषमा जम्मा गरिसक्नु भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )