पर्बत, जेठ-१०, पर्बत जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएको छ । अहिले बजार क्षेत्रमा निकै कम संक्रमीत भेटिएका छन् भने ग्रामीण क्षेत्रमा त्यो दर बढेर गएको छ । एउटै गाउँमा परिक्षण गरिएका मध्ये झण्डै ६० प्रतिशत भन्दा बढि संक्रमीत फेला परीरहेका छन् । यसले संक्रमितको बृद्दीदर उकालो लागिरहेको देखाउँछ ।
निषेधाज्ञाको तेस्रो हप्ता पार गर्दा पनि जिल्लामा कोरोना संक्रमणको दर भने कमि आएको छैन । प्रत्येक दिन न्यूनतम १ जनाको मृत्यु भइरहेको छ भने संक्रमणको दर पनि बढिरहेको छ ।
पहिलो साता थोरै मात्रामा देखिएका संक्रमीतहरु दोस्रो सातामा झन् धेरै देखिएका छन् । दोस्रो साताको मध्यसम्म एकै दिन ९४ जनासम्म संक्रमीत फेला परेका थिए । त्यो दर केहि दिन घटेको देखिए पनि ९ गते भने पुन ७० जनामा संक्रमण पुष्टि भएको छ । यो जिल्ला भरका संक्रमीतको संख्या हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )