पर्वत, जेठ-७, शुक्रबार गण्डकीमा १ हजार ५३ जना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ती अनुसार १ हजार ५३ को रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका सबैभन्दा धेरै ३८३ जना, बाग्लुङका २०४ जना र म्याग्दी जिल्लाका १०७ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी तनहुँका ५४ जना, पर्वतका ६५ जना, गोरखाका ९८ जना, लमजुङका ३६ जना, नवलपुरका ७४ जना र स्याङ्गजाका ३२ जना छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट एकैपटक १ हजार ३९६ जना संक्रमणमुक्त भएका छन् । योसंगै, गण्डकीमा संक्रमणमुक्त हुनेको संख्या २२ हजार ७९४ पुगेको छ।
शुक्रबार पनि गण्डकीमा थप १९ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका नौ जना, तनहुँका तीन जना, स्याङ्गजाका दुई जना, नवलपुरका दुई जना र पर्वतका तीन जना छन्।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )