पर्वत, जेठ-१७, पर्वत जिल्लामा कोरोनाका गम्भिर विरामीहरुको संख्या घट्दै गएको छ । अस्पतालमा उपचार गराउपर्नुपर्ने र भर्ना गर्नुपर्ने विरामीको संख्यामा केहि दिन देखि गिरावट आएको छ । जिल्लामा संक्रमणको दर बढेको देखिए पनि गम्भीर बिरामीको संख्या घटेर गएको पर्वत अस्पतालले जनाएको छ ।
अस्पताल श्रोतका अनुसार अहिले पर्वतको जिल्ला अस्पतालमा ५ जना मात्र विरामी उपचाररत छन् । आइतरबार मात्रै अस्पपतालमा २ जना विरामी डिस्चार्ज भएका र १ जना विरामीको भने रिफर गरिएको पर्वत अस्पतालले जनाएको छ ।
गत विहिवार १४ जना विरामी उपचाररत रहेकोमा अहिले दिन दिनै विरामीको संख्या घटेको अस्पतालले जनाएको छ । अहिले उपचाररत विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालको भनाई छ ।
हालसम्म पर्वत अस्पताललमो ६७ जना कोभिडका विरामीले उपचार गराएका छन् । त्यस मध्ये ४९ जना निको भएर डिस्चार्ज भएका छन् भने ९ जना विरामीको अस्पतालले रिफर गरेको छ । हालसम्म अस्पतालमै उपचाररत ४ जना विरामीको भने मृत्यु भएको अस्पतालले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )