पर्बत, जेठ-१२, बिहिबार जलजलाका २ जनाको कोरोनाका कारण ज्यान गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको दैनिक बिज्ञप्तीमा जलजलका २ जनाको ज्यान गएको जनाइएको छ । कोरोनाका कारण ज्यान गुमाउनेमा जलजला गाउँपालिका वडा नं ३ का ४४ बर्षीय पुरुष र वडा नं ९ का ८० बर्षीय पुरुष रहेका छन् । जेठ ६ गते कोरोना संक्रमण पुष्टि भएका उनको जेठ १३ गते चरक मेमोरियल अस्पातालमा उपचारका क्रममा ज्यान गएको हो ।
त्यसैगरी जलजला ९ का ८० बर्षीय पुरुषको पनि जेठ १३ गते नै गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा ज्यान गएको छ । उनमा जेठ ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । आज जारी गरिएको बिज्ञप्तीमा पर्वतका १९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
करिव १ हप्ता पहिला संकलन गरिएको नमुनाको रिपोर्ट अहिले प्राप्त भैरहेकोले संक्रमित धेरै देखिए पनि पर्बतमा पछिल्लो समयमा लक्षण सहितका बिरामी अस्पतालमा आउने क्रम घटेर गएको छ । अहिले धेरैले रोग लुकाएर बस्ने र साह्रै सिकिस्त भएपछी मात्रै अस्पताल आउने गरेका कारण उपचारमा कठिनाइ परेको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्बतले सर्वसाधरणलाई लक्षण देखा पर्दासाथ अस्पताल आउन अनुरोध गरेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )