पर्वत, जेठ-१३, कालीगण्डकी नदिमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगाएको छ । जेठ १२ गते बुधबार बेलुकीदेखि परेको अविरल बर्षाका कारण कालिगण्डकी नदिको बहाव एक्कासी बढेको हो । नदीमा पानीको सतह बढे पछी बगर जोड्ने अस्थाई मोटरबाटो बगाएको हो । माटेपानी खण्डको कालिपुल तर्फको बाटो पुरै बगाएको छ । गएको हिउदमा नदीको बहाव कम भए पछी नदि किनारबाट नै अस्थाई बाटो बनाइएको थियो ।
बाटो बगेपछी बगर तर्फ रहेका सवारी साधनहरु यतै रोकिएका छन् सामान्यतया जेठको अन्तिम साताबाट नदीको बहाव बढ्ने भए पनि यसपटक बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण कारण मनसुन सुरु नहुँदै यसरी ठुलो पानी परेको एक्कासी नदीको बहाव बढेपछी सवारीधनीले तयारी गर्न पाएका छैनन् भने बगर क्षेत्रमा सामान ढुवानी गर्ने कार्यलाई बाटो नहुदा प्रत्यक्ष असर पुगेको छ ।
अहिले पनि निरन्तर बर्षा भैरहेकोले नदीको सतह अझैँ बढ्ने देखिएको छ भने जल तथा मौसम बिग्ज्ञान विभागले शनिबार सम्म ठुलोपाने पर्ने भएकोले सावधानी अपनाउन जानकारी गराएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )