पर्वत, जेठ-१२, पर्बतमा निषेधाज्ञामा थप कडाइ गरिने भएको छ । ‘कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८’ लागु गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै निषेधाज्ञामा थप कडाइ गरेको हो ।
अध्यादेश अनुसार मास्क नलगाई हिडडुल गरेमा एक सय रुपैँया जरिवाना देखि निषेधाज्ञाको समयमा हिडडुल गरेमा पटकै पिच्छे २ सय रुपैँया जरिवाना तोकिएको छ । त्यस्तै कानुनी कार्यान्वयन प्रक्रियामा बाधा पुर्याएमा ५ लाख रुपैँया सम्म जरिवाना र १ बर्ष कैद गर्न गरिने व्यवस्था अध्यादेशमा रहेको छ ।
अध्यादेशमा कोभिड सङ्क्रमणको बेलामा आंशिक बन्द, नियन्त्रण गर्न वा आदेश दिन सक्नेजस्ता व्यवस्थाहरू एकीकृत रूपमा समेटिएको छ । सरकारले कोभिड रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा एकीकृत उपचार प्रणालीमार्फत अघि बढाउने भएको छ ।
अब द्रुतगतिमा कोभिड १९ नियन्त्रणको लागि टोलीको परिचालन गर्ने, आवश्यकता पर्दा प्रहरीसहित अन्य सुरक्षा निकायलाई परिचालन गर्ने व्यवस्था पनि छ । यसअघि सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सङ्क्रामक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ सहित अन्य कानुनहरु प्रयोग गर्दै आइरहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )