पर्बत, जेठ-१०, एमाले म्याग्दीले सरकारले ल्याएको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश -२०७८ को स्वागत गरेको छ । पार्टीले सो अध्यादेशको कार्यान्वयनमा व्यवस्थीत तबरले सहयोग पुर्याउन प्रतिबद्धता समेत गरेको छ । नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले एक बिज्ञप्ति जारीगर्दै आवश्यक परेमा एमाले पार्टी कार्यालय आइसोलेसनको रुपमा प्रयोग गर्न उपलब्ध गराईने बताएका छन् ।
विज्ञप्तीमा जिल्लामा आइपर्ने विपद्हरुमा पार्टीको तर्फबाट सहयोग गर्नका निम्ति नेकपा एमाले जिल्ला विपद् व्यवस्थापन कोष नामक बैंक खाता खोलेरै पार्टी पंक्तिबाट सहयोग संकलन र आवश्यकता अनुसार वितरण गरिने जनाइएको छ । अध्यक्ष श्रेष्ठले आफ्नो पार्टीका शुभचिन्तकहरुले स्वतस्फुर्त रुपमा संकल गरेको रकम गत वर्षको कोभिड-१९को समयमा राज्यले तोकेको मापदण्ड अनुसार राज्यकोषमा जम्म गरीएको बताए । एमाले म्याग्दीले गत वर्ष २ लाख ५७ हजार ८ सय ३३ रुपैंया विपद् व्यवस्थापन कोषमा जम्मा गरेको थियो र अहिले पनि आवश्यक सहयोगका लागि पार्टी तयार रहेको बिज्ञप्ति मा जनाइएको छ ।
पार्टीको भात्रृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुका स्वयंसेवक रहने गरी प्रत्येक स्थानिय तहमा हेल्पडेस्क स्थापना गरी बिरामीको लगत संकलन, आवश्यक औषधि, स्वास्थ्य सामग्री वितरण गरेको छ । साथै विरामीलाई निःशुल्क ओसारपसार गर्न २ वटा ट्याक्सी, एउटा जिप र २ वटा मोटरसाइकल स्ट्याण्डबाई राखीएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )