पर्वत, ८ जेठ, उपाधि होडबाट बाहिरिसकेको बार्सिलोनाले आइतबार अन्तिम खेल खेल्दैछ । मेसीले यस सिजन धेरै खेल खेले । अन्तिम खेलअघिको आरामले मेसीलाई आफ्नै देशमा आयोजना हुने कोपा अमेरिका अघि केही समय छुट्टी मिलेको छ । सिजनको अन्तिम खेल अघि नै छुट्टीको अनुमति दिए । योसँगै शनिबार हुने ला लिगाको अन्तिम खेलमा मेसी हुने छैनन् ।
सन् १९९३ यता कोपा अमेरिका जित्न नसकेको अर्जेन्टिनाका लागि यसपटक घरेलु मैदानमा ट्रफी जित्ने अवसर हुनेछ । यसैबीच मेसीले बार्सिलोनाका लागि खेलेको यसअघिको खेल नै अन्तिम हुन सक्छ । जसमा बार्सिलोना सेल्टाभिगोसँग पराजित भएको थियो ।
उनले सिजन सकिनुअघि आफ्नो भविष्यबारे निर्णय नहुँदै छुट्टी लिएका छन् । यसअघि मेसीले सिजन सकिएपछि भविष्यबारे निर्णय लिने बताएका थिए । अर्कोतिर मेसीका बुबा तथा एजेन्टले क्लबका अध्यक्ष जोन लापोर्टासँग अनौपचारिक कुराकानी गरेपनि कुनै आधिकारिक निर्णय भएको छैन ।
कोएमनले समेत आफ्नो कप्तानको महत्व कति छ भनेर बारम्बार भन्दै आएका छन् । यस्तै लापोर्टा पनि मेसीलाई क्लबमै राख्न चाहन्छन् । नेमार र एर्लिङ हालाण्डलाई क्लब भित्र्याउने असफल प्रयास गरिरहेको बार्सिलोनाले मेसीकै अर्जेन्टिनी टिममेट सर्जियो अगुएरोलाई अनुबन्ध गर्ने तयारी गरेको छ । उनी मेसीको एकदमै मिल्ने साथी समेत हुन् । दुवैले उमेर समूहदेखि अर्जेन्टिनाका लागि सँगै खेल्दै आएका छन् ।
अहिले बार्सिलोनामा के हुन्छ भनेर पेरिस सेन्ट जर्मेन र म्यानचेष्टर सिटीको चासो धेरै रहेको छ । फ्रेन्च क्लब पेरिसले यसअघि नै मेसीलाई प्रस्ताव गरिसकेको छ तर बार्सिलोनासँग छलफल नगरी अन्य क्लबसँग कुराकानी गर्न मन लगाएका छैनन् । क्लबको अवस्था बुझेर मात्र आफ्नो निर्णय लिने उनको सोच छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )